ADD FOR WEBSIDE ADD FOR WEBSIDE

अस्ट्रेलियाविरुद्ध पाकिस्तान ९ विकेटले विजयी

शुक्रबार, कात्तिक २३, २०८१

काठमाडौँ : अस्ट्रेलियाविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा पाकिस्तान विजयी भएको छ ।

शुक्रवार भएको खेलमा घरेलु टोलीलाई ९ विकेटले हराउँदै पाकिस्ताले तीन खेलको शृंखलामा १–१ को बराबरी गरेको छ । अस्ट्रेलियाले दिएको १६४ रनको लक्ष्य पाकिस्तानले २६.३ ओभरमा मात्र एक विकेट गुमाएर भेटायो । पाकिस्तानका लागि सइम अयुबले सर्वाधिक २ रनको योगदान गरे ।

अब्दुल्लाह शफिकले ६४ तथा बाबर आजमले अविजित १५ रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङमा तानिएको अस्ट्रेलियाले ३५ ओभरमा सबै विकेट गुमाउँदै १६३ रन बनाएको थियो । अस्ट्रेलियाका लागि स्टिभ स्मिथले ३५, म्याथ्यु शर्टले १९, जोश इङ्लिस र एडम जाम्पाले समान १ रन बनाए ।

ग्लेन म्याक्सवेलले १६, आरोन हार्डीले १४ तथा ज्याक फ्रेसर म्याकग्रुक र कप्तान प्याट कमिन्सले समान १३ रन बनाए । पहिलो खेलमा अस्ट्रेलिया दुई विकेट विजयी भएको थियो ।

शृंखलाको तेस्रो तथा निर्णायक खेल पर्सी आइतबार हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  २१:२७
प्रतिक्रिया दिनुहोस्