sonam sonam

च्याम्पियन्स ट्रफी खेल्न भारत पाकिस्तान नजाने

शुक्रबार, कात्तिक २३, २०८१

काठमाडौँ :भारतीय टोली अर्को वर्ष हुने च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिता खेल्न पाकिस्तान नजाने भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हालै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई आफ्नो निर्णयको पछाडि सुरक्षा चिन्ताको कारण पत्र पठाएको भारतीय सञ्चारमाध्यमहरले जनाएका छन् ।

बोर्डले आफ्ना सबै खेल दुबईमा राख्न भनेको छ । मस्यौदा तालिका अनुसार च्याम्पियन्स ट्रफी अर्को वर्ष फेब्रुहरी १९ देखि मार्च ९ सम्म पाकिस्तानमा खेलाइने छ । खेलहरु पाकिस्तानको कराँची, लाहोर र रावलपिंडीमा खेलाईने छ । मुम्बईमा भएको आतंकवादी हमलाका कारण भारतले १६ वर्षदेखि पाकिस्तान भ्रमण गरेको छैन ।

सन् २००८ मा मुम्बईमा भएको आतंकवादी हमलापछि भारत सरकारले पाकिस्तानमा क्रिकेट खेल्न अस्वीकार गरेको थियो । त्यसपछि दुवै टोलीले आईसीसी र एसीसी प्रतियोगिता मात्रै खेल्दै आएका छन् ।

सन् २०१३ देखि दुवै टोलीले १३ ओडिआई र ८ टी–२० खेल तटस्थ स्थानमा खेलेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  २१:३०
प्रतिक्रिया दिनुहोस्