सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : दक्षिण अफ्रिकालाई घरेलु मैदानमा ६१ रनले हराउँदै भारतले पहिलो टी–२० आईमा विजयी सुरुवात गरेको छ ।
जितकालागि भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १७.५ ओभरमा सवै विकेट गुमाउँदै १४१ रनमा समेटियो । उसकालागि हेनरिक क्लासनले सर्वाधिक २५ रन बनाए । रायन रिस्केल्टन २१ तथा डुभिड मिलरले १८ रन जोडे ।
त्यसअघि डरबनमा टस हारेर ब्याटिङमा तानिएको पाहुना टोली भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०२ रन बनाएको थियो भारतकालागि सञ्जु सैमसनले शतकीय पारी खेल्दै सर्वाधिक १०७ रनको योगदान गरे । सैमसनकोे टी–२० खेलमा यो दोस्रो शतक हो ।
तिलक बर्माले ३३,कप्तान सुर्यकुमार यादवले २१ तथा रिंकु सिंले ११ रन बनाए ।