सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आईसीसी यू–१९ महिला टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा युएईले नेपालसामु १ सय २३ रनको लक्ष्य दिएको छ ।
युएईको सेभेन डिस्ट्रिक ग्राउण्ड अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलुटोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो । यूएईका लागि रिनिथा रजिथले सर्वाधिक ४८ रनको योगदान गरिन्।
लाभानी केनीले २० र इन्दुजा नन्दकुमारले १२ रन बनाउनु बाहेक अरूले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालकी रिया शर्माले ३, पूजा महतो, करिश्मा गुरुङ र सीमा केसीले समान एक–एक विकेट लिइन् ।
यसअघि लगातार दुई खेलमा जित निकाले नेपाल तेस्रो जित निकाल्न चाहान्छ । दोस्रो खेलमा कुवेतलाई १०८ रनले पराजित गरेको थियो । नेपालले दिएको १३१ रनको लक्ष्य पछ्याएको कुवेत २२ रनमा अलआउट भएको थियो ।
पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो ।