सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :१९ बर्ष मुनिको आईसीसी महिला टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालले पहिलो हार ब्यहोरेको छ ।
यसअघि भएको दुई खेलमा लगातार जित निकालेको नेपाल तेस्रो खेलमा घरेलु टोली युएईसंग १३ रनले पराजित भएको हो । जितकालागि युएईले दिएको १ सय २३ रनको लक्ष्य नेपालले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १०९ रन मात्र बनाउन सक्यो । पावर प्लेमा नेपालले रन बनाउन नसक्दा नेपाल हार्न पुगेको हो । नेपालकालागि कप्तान पुजा महत्वले सर्वाधिक ४८ रन बनाईन् ।
त्यसअघि युएईको सेभेन डिस्ट्रिक ग्राउण्ड अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलुटोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो । यूएईका लागि रिनिथा रजिथले सर्वाधिक ४८ रनको योगदान गरिन्।
लाभानी केनीले २० र इन्दुजा नन्दकुमारले १२ रन बनाउनु बाहेक अरूले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालकी रिया शर्माले ३, पूजा महतो, करिश्मा गुरुङ र सीमा केसीले समान एक–एक विकेट लिइन् ।
हारसंगै नेपालको विश्वकप यात्रा कठिन बनेको छ । आइतवार भोली नेपालले थाइल्याण्डसंग खेल्नेछ ।