एशिया कप: हेमन्तको कप्तानीमा टोलीको घोषणा,देव र गुल्शन बिश्राम

शनिबार, कात्तिक २४, २०८१

काठमाडौँ : नेपाल क्रिकेट संघ क्यानले १९ वर्ष मुनिको एशिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले हेमन्त धामीको कप्तानीमा आज १८ सदस्यीय टोली घोषणा गरेको हो ।

उपकप्तानको जिम्मेवारी अर्जुन कुमाललाई दिइएको छ । शक्ति गौचनले टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाउदा धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक तोकिएको छ । यसअघि नियमित खेलिरहेका गुल्शन झा र देव खनालले बिश्राम पाएका छन् । एशियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल नोभेम्बर २९ मा श्रीलंकासँग खेल्नेछ ।

एशियाका पाँच टेष्ट राष्ट्र र छनोट भएर आएका नेपालसहितको तीन गरी जम्मा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘बी’ मा नेपालसहित श्रीलंका,बंगलादेश तथा अफगानिस्तानछन् । यस्तै समुह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र जापान रहेका छन् ।

प्रतियोगिता यूएईको दुबई र शारजहामा हुनेछ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  २१:३६
प्रतिक्रिया दिनुहोस्