सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अस्ट्रेलिया र पाकिस्तानबीचको तेस्रो तथा अन्तिम एकदिवशीय खेल आज हुदैँछ ।
नेपाली समय अनुसार आज बिहान ९:१५ बजे पर्थमा हुने खेलको विजेताले एकदिवशीय सिरिज जित्नेछ । यसअघि भएका दुई खेलमध्ये दुवै टोलीले एक एक खेल जित्दै शृंखलामा १–१ को बराबरी गरेको छ ।
पहिलो खेलमा दुई विकेटले विजयी भएको घरेलुटोली अस्ट्रेलिया शुक्रवार भएको दोस्रो खेलमा पाकिस्तानसंग ९ विकेटले पराजित भएको थियो ।