ADD FOR WEBSIDE ADD FOR WEBSIDE

ललितपुर मेयर कपमा आज दुई खेल हुने

आइतबार, वैशाख ३०, २०८१

काठमाडौँ :काठमाडौँमा जारी ललितपुर मेयर कप टि–२० महिला क्रिकेटमा आईतबार दुई खेलहरु हुने भएका छन् । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा बिहान ९ः३० बजे हुने पहिलो खेलमा ललितपुर ११ र सुदुर पश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने छ । ललितपुर ११ लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

पहिलो खेलमा बाग्मती प्रदेशमाथि ७ विकेटको जित निकालेको ललितपुर उच्च लयमा छ । त्रिवि मैदानमै दिउँसो १ः३० बजे हुने दोस्रो खेलमा कोशी र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दुबै टोली जित निकाल्दै प्रतियोगितामा बिजयी सुरुवात गर्न चाहान्छ ।

चौथो संस्करणमा ललितपुर मेयर ११ ,सशस्त्र प्रहरीको एपिएफ, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश ,मद्येश प्रदेश र  कोशी प्रदेशी गरी ६ टोलीको सहभागिता छ । प्रतियोगिताको शिर्ष दुईमा पुग्ने टोली फाईनलमा पुग्ने छन् ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०५:३०
प्रतिक्रिया दिनुहोस्