ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपालले थाईल्याण्डलाई दियो  १४० रनको लक्ष्य

आइतबार, कात्तिक २५, २०८१

काठमाडौँ : १९ बर्ष मुनिको आईसीसी महिला टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालले थाईल्याण्डसामु १४० रनको लक्ष्य दिएको छ ।

युएईको सेभेन डिस्ट्रिक ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनायो । नेपालकालागी साना प्रविनले अर्धशतकीय पारी खेलिन् । ४६ बल खेलेकी उनले ७ चौका प्रहार गर्दै सर्वाधिक ५३ रन जोड्न् ि। नेपालको जारी प्रतियोगितामा यो पहिलो अर्धशतक समेत हो ।

सावीत्री धामीले २८ रन बनाईन् । ३६ बलको सामना गरेकी उनले एक चौकको मद्धतमा २८ रन बनाएर क्याच आउट भईन् । सोनी पाख्रिनले १९ तथा ज्योत्सिन्का मरासीनीले ८ रन बनाइन् । तृष्णा विश्वकर्माले  ९ तथा कप्तान पूजा महत्तोले ४ रन बनाईन् ।

यसअघि भएको खेलमा नेपालले थाइल्याण्डलाई हराईसकेको छ । थाइल्याण्ड भने उक्त हारको बदला लिने योजनामा छ ।खेलेका तीन खेलमध्ये दुइ खेलमा लगातार जितेको नेपाल युईसंग पराजित हुँदो विश्वकप यात्रा कठिन बनेको छ ।

छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्