सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : १९ बर्ष मुनिको महिला टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालले थाईल्याण्डलाई पराजित गरेको छ ।
आज भएको खेलमा नेपालले थाइल्याण्ड विरुद्ध १०६ रनको फराकिलो जित निकालेको हो । जितकालागि नेपालले दिएको सामु १४० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड ३३ रनमा अलआउट हुन पुग्यो । त्यसअघि युएईको सेभेन डिस्ट्रिक ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।
नेपालकालागी साना प्रविनले ७ चौका प्रहार गर्दै सर्वाधिक ५३ रन जोडिन् । नेपालको जारी प्रतियोगितामा यो पहिलो अर्धशतक समेत हो । सावीत्री धामीले २८,सोनी पाख्रिनले १९ तथा ज्योत्सिन्का मरासीनीले ८ रन बनाइन् । तृष्णा विश्वकर्माले ९ तथा कप्तान पूजा महत्तोले ४ रन बनाईन् । योसंगै नेपालले खेलेका चार खेलमध्ये तीनमा जित र एक खेलमा हार भोगेको छ ।
तेस्रो खेलमा नेपाल युईसंग पराजित भएको थियो । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् ।
सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।