सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : १९ बर्ष मुनिको महिला टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालले आज कुबेतसंग खेल्दैछ ।
यी दुई टोलीबीचको खेल युएईको सेभेन डिस्ट्रिक ग्राउण्डमा बिहान ११:१५ बजे हुने छ । जारी प्रतियोगिताको शिर्ष स्थानमा रहने एक टोली विश्वपकमा पुग्नेछ । थाईल्याण्ड र कुबेतको लगभग सम्भावना सकिएकाले अब नेपाल र युएईमध्ये एक टोली विश्वकपमा पुग्नेछ ।
अहिलेसम्म खेलेका चारै खेलमा जित निकाल्दै ८ अंक सहित शिर्ष स्थानमा रहेको युएईको विश्वकप सम्भावना बलियो बन्दै गएको छ । समान खेल खेलेको नेपालले तीनमा जित र एकमा हार भोग्दै ६ अंक जोडेर दोस्रो स्थानमा छ । अंकसंगै नेटरनरेटपनि युएईको बलियो रहेकाले नेपालको सम्भावना न्यून छ ।
तर आजै हुने खेलमा युएई थाईल्याण्डसंग पराजित भएमा नेपाल अघि बढ्नेछ । तर बलियो टोली युएईलाई हराउन थाईल्याण्डलाई फलामको चिउरा चपाउनु सरह हुनेछ ।
नेपालले यसअघि खेलेका चार खेलमध्ये तीनमा जित र एक खेलमा हार भोगेको छ । तेस्रो खेलमा नेपाल युईसंग पराजित भएको थियो ।
छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् ।
सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।