ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आईपीएल :

कोलकाता बन्यो प्लेअफमा पुग्ने पहिलो टोली 

आईपिएलमा आज दुई खेल
आइतबार, वैशाख ३०, २०८१

काठमाडौँ :कोलकाता नाइट राइडर्स इंडियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । शनिबार राती भएको खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले हराउँदै कोलकाताले प्लेअफमा स्थान सुरक्षित गरेको हो । बर्षका कारण खेललाई १६ ओभरमा छा्ेट्याएर खेलाईएको थियो ।

जितका लागि कोलकाताले दिएको १५८ रनको लक्ष्य पछेयाएको मुम्बई निर्धारित १६ ओभरमा ८ विकेट गुमाउँदै १३९ रनमा समेटियो । उसकालागि ईशन किसनले सर्बाधिक ४० तथा तिलक वर्माले ३२ रन जोडे । कप्तान  हार्दिक पाण्ड्य २ रनमा पवेलियन फर्किए ।

त्यसअघि ईडन गार्डेन मैदान कोलकातामा टस हारेर पहिले ब्याटिङ थालेको कोलकाताले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १५७ रन जोडेको थियो ।कोलकताका लागि वेंकटेश ऐयरले सर्वाधिक ४२ , नितिश रानाले ३३ तथा आन्द्रे रसेलले २४ रन जोडे । ब्याटिङमा कोलकाताका सुनिल नारायणले खास केही गर्न सकेनन् ।

उनी शून्यमा आउट भए पनि  बलिङका क्रममा एक विकेट लिए । यस खेलमा नारायणले विशेष उपलब्धि भने हासिल गरेका छन् । एक सिजनमा १५ विकेट लिने र ४०० भन्दा बढी रन बनाउने उनी तेस्रो खेलाडी बनेका छन् ।

आईपिएलमा आईतबार दुई खेल हुनेछन् । पहिलो खेलमा चेन्नेई सुपर किङ्स रराजस्थान रोयल्स तथा दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैङलुरु र दिल्ली क्यापीटल्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०७:४०
प्रतिक्रिया दिनुहोस्