ADD FOR WEBSIDE ADD FOR WEBSIDE

अस्ट्रेलिया विरुद्धको एकदिवसीय सिरिज पाकिस्तानलाई

सोमबार, कात्तिक २६, २०८१

काठमाडौँ : अस्ट्रेलिया विरुद्धको एकदिवसीय सिरिज पाकिस्तानले जितेको छ ।

आइतबार भएको खेलमा अस्ट्रेलियालाई आठ विकेटले हराउँदै पाकिस्तानले एकदिवसीय सिरिज जितेको हो। जितका लागि अस्ट्रेलियाले दिएको १४१ रनको लक्ष्य पाकिस्तानले २६.५ ओभरमा दुई विकेटको क्षतिमा भेट्टायो । पाकिस्तानको जितमा  सयम् अयुबले सर्वाधिक ४२ रनको योगदान गरे। अब्दुल्ला सफिकले ३७ रन जोड्दा कप्तान मोहम्मद रिजवानले ३० रन जोडे बराबर आजम २८ रनमा अभिजित रहे  ।

त्यसअघि अस्ट्रेलियाको पर्थमा टस हारेर पहिले ब्याटिङमा तानिएको घरेलु टोली ३१.५ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनमा समेटिएको थियो ।  उसका लागि सेन एबोर्टले ३० रन जोडे । म्याथ्यू शर्टले २२ रन बनाउँदा  आदम ज्याम्पाले १३ रन बनाए  । गत सोमबार भएको पहिलो खेलमा अस्ट्रेलिया दुई विकेटले विजय भएको थियो।

शुक्रबार भएको दोस्रो खेलमा पाकिस्तानले अस्ट्रेलियालाई ९ विकेटले हराएको थियो । तेस्रो तथा अन्तिम खेलमा आठ विकेटको जित निकाल्दै पाकिस्तानले अस्ट्रेलिया विरुद्धको एक दिवसीय सिरिज जितेको हो ।

एकदिवसीय खेल लगत्तै अस्ट्रेलिया र पाकिस्तानले तीन खेलको टि–२० श्रृङ्खला खेल्नेछ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्