सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आईसीसी विश्वकप लिग–२ अन्तर्गत भएको खेलमा ओमानले नेदरल्याण्डविरुद्ध रोमाञ्चक जित निकालेको छ ।
आज भएको खेलमा ओमानले नेदरल्याण्डविरुद्ध एक रनको रोमाञ्चक जित निकालेको हो । जितकालागि ओमानले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४५.१ ओभरमा सवै विकेट गुमाउँदै १५४ रन मात्रै बनाउन सक्यो ।उसकालागि तेजा निदामनुरुले बनाएको ३४ रन नै सर्वाधिक रह्यो । उसलाइ सस्तैमा समेट्ने क्रममा अमिर कलिमले सर्वाधिक चार विकेट लिए ।
त्यसअघि घरेलु मैदान अलअमिरात क्रिकेट मैदानमा टस हारेर पहिला व्याटिङमा तानिएको ओमानले ४४.२ ओभरमा सबै विकेट गुमाउदै १५५ रन बनाएको थियोे । उसका लागि कप्तान जितेन्दर सिहले ५९ रन बनाए । आशिष ओडेदाराले ४१ तथा जय ओडेद्रा २० रनमा अविजित रहे ।
लिग–२ मा १२ खेल खेलेको नेदरल्याण्ड ७ जित र ५ हारसहित अङ्कतालिकाको तेस्रो स्थानमा छ । समान १२ खेल खेलिसकेको ओमान ६खेलमा जित र ४ मा हार व्यहोर्दै तालिकाको पाँचौ स्थानमा छ ।
१६ अंकको अमेरिका शिर्ष स्थानमा छ भने समान अंकको क्यानाडा दोस्रो स्थानमा छ ।