सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : बङ्गलादेशलाई पराजित गर्दै अफगानिस्तानले एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको छ ।
सोमवार राती भएको तेस्रो तथा निर्णायक खेलमा अफगानिस्तान ५ विकेटले विजयी भएको हो । २४५ रनको लक्ष्य अफगानिस्तानले दश बल अगावै भेट्टायो ।
अफगानिस्तानको जितमा रहमानउल्लाह गुरबाजले बिस्फोटक ब्याटिङ गरे ।१२० बल खेलेका उनले ७ छक्का र ५ चौका प्रहार गर्दै १०१ रनको शतकीय पारी खेले । अजमातुल्लाह उमरजाई नटआउट ७० तथा मोहमद नावीले ३० रन बनाए ।
त्यसअघि युएईको शारजाह क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको बङ्गलादेशले निर्धारित ओभरमा ८ विकेट गुमाएर २४४ रन बनाएको थियो । उसकालागि महमुदुल्लाहले सर्वाधिक ९८ रन बनाए । कप्तान मेहदी हसन मिराजले ६६ तथा सौम्य सरकारले २४ रनको योगदान गरे ।
योसंगै तीन खेलको सिरिज अफगानिस्तानले २-१ ले आफ्नो पक्षमा पारेको छ । यस अघि भएको पहिलो खेलमा अफगानिस्तानले बंगलादेशलाई ९२ रनले हराएको थियो ।
तर शनिबार भएको दोस्रो खेलमा बङ्गलादेशले अफगानिस्तानलाई ६८ रनले हराएपछि तीन खेलको एकदवसीय श्रृंखला एक–एकको बराबरीमा थियो ।