सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : १९ बर्ष मुनिको महिला टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालले टस जितेकोछ ।
युएईको सेभेन डिस्ट्रिक ग्राउण्डमा टस जितेको नेपालले पहिले ब्याटिङ रोजेको छ । जारी प्रतियोगिताको शिर्ष स्थानमा रहने एक टोली विश्वपकमा पुग्नेछ । थाईल्याण्ड र कुबेतको लगभग सम्भावना सकिएकाले अब नेपाल र युएईमध्ये एक टोली विश्वकपमा पुग्नेछ । शिर्ष स्थानमा पुग्न आज नेपालले कुबेतलाई हराउनैपर्ने दबाब छ ।
बिहिवार हुने अन्तिम खेलमा युएईलाई पराजित गरेमा नेपाल विश्वकपमा छनौट हुनेछ । अहिलेसम्म खेलेका चारै खेलमा जित निकाल्दै ८ अंक सहित शिर्ष स्थानमा रहेको युएईको विश्वकप सम्भावना बलियो बन्दै गएको छ । समान खेल खेलेको नेपालले तीनमा जित र एकमा हार भोग्दै ६ अंक जोडेर दोस्रो स्थानमा छ ।
अंकसंगै नेटरनरेटपनि युएईको बलियो रहेकाले नेपालको सम्भावना न्यून छ ।ने पालले यसअघि खेलेका चार खेलमध्ये तीनमा जित र एक खेलमा हार भोगेको छ । तेस्रो खेलमा नेपाल युईसंग पराजित भएको थियो । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् ।
सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।