पूजाको किर्तिमानी शतकमा कुबेतलाई २१४ रनको विशाल लक्ष्य 

मंगलबार, कात्तिक २७, २०८१

काठमाडौँ :१९ बर्ष मुनिको महिला टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालले कुबेत विरुद्ध २१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

युएईको सेभेन डिस्ट्रिक ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा २१३ रन बनायो । नेपालका लागि कप्तान पूजा महत्तोले बिस्फोटक ब्याटिङ गर्दै किर्तमानी शतकीय पारी खेलिन् । ६९ बलको सामना गरेकी उनले १७ चौका प्रहार गर्दै अविजित १३० रन बनाईन् ।

सोनी पाख्रिनले ४३ रन बनाईन् । साबीत्री धामीले ११ तथा साना प्रविनले ६ रन बनाईन् ।

जारी प्रतियोगिताको शिर्ष स्थानमा रहने एक टोली विश्वपकमा पुग्नेछ । थाईल्याण्ड र कुबेतको लगभग सम्भावना सकिएकाले अब नेपाल र युएईमध्ये एक टोली विश्वकपमा पुग्नेछ ।

शिर्ष स्थानमा पुग्न आज नेपालले कुबेतलाई हराउनैपर्ने दबाब छ । बिहिवार हुने अन्तिम खेलमा युएईलाई पराजित गरेमा नेपाल विश्वकपमा छनौट हुनेछ । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्