युएईसंग थाईल्याण्ड ९ विकेटले पराजित

मंगलबार, कात्तिक २७, २०८१

काठमाडौँ :१९ बर्ष मुनिको महिला टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा थाईल्याण्ड युएईसंग पराजित भएको छ ।

आज भएको खेलमा थाईल्याण्ड युएईसंग ९ विकेटले पराजित भएको हो । जितकालागि थाईल्याण्डले दिएको  ५६ रनको लक्ष्य युएईले ७.१ ओभरमा एक विकेटको क्षतिमा भेटायो । युएईको जितमा लावन्या केनीले अविजित रहँदै सर्वाधिक २७ रनको योगदान गरिन् । समाइरा धरनिधर्कले १९ रन बनाईन् ।

त्यसअघि युएईको द सेभेन स्टेडियम अजमानमा टस जितेर पहिले ब्याटिङ थालेको थाईल्याण्ड १९.४ ओभरमा सवै विकेट गुमाउँदै ५५ रन बनाएको थियो । उसकालागि अपिसरा सुवान्चोरथीले सर्वाधिक २० रनको योगदान गरिन् । सैथान खन्थैछले  ११ तथा  पाथानान पिङ्केयोले १० रन जोडिन् ।  थाईल्याण्डलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ युएईकी लावन्या केनीले सर्वाधिक चार विकेट लिईन् । मेहक ठाकुरले दुई विकेट लिईन् ।

युुएईले थाईल्याण्डलाई हराएपनि नेटरनरेटमा थोरै मात्र सुधार भएकाले बिश्वकपमा पुग्ने नेपालको सम्भावना जिवितै रहेको छ । भोली हुने खेलमा नेपालले युएईलाई हराएमा नेपाल विश्वकपमा छनौट हुनेछ । भोलीको खेल फाईनल सरह हुनेछ ।

छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्