ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सुदुरपश्चिमद्धारा ललितपुरसामु १२३ रनकाे लक्ष्य

आइतबार, वैशाख ३०, २०८१

काठमाडौं :काठमाडौँमा जारी ललितपुर मेयर कप टि–२० महिला क्रिकेटमा सुदुर पश्चिम प्रदेशले ललितपुर ११ सामु जितका लागि १२३ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ । 

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिङमा तानिएको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर रन १२२ बनायाे । उसकालागि कप्तान विन्दु रावलले सर्बाधिक ३० रन जाेडिन् ।

कविता जाेशीले अविजित २५  तथा सावित्री धामीले १७ रन जाेडिन् । वलिङतर्फ कृतिका मरासिनी र आरती महताेले समान २/२ विकेट लिईन् । 

 त्रिवि मैदानमै दिउँसो १ः३० बजे हुने दोस्रो खेलमा कोशी र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुबै टोली जित निकाल्दै प्रतियोगितामा बिजयी सुरुवात गर्न चाहान्छ ।

चौथो संस्करणमा ललितपुर मेयर ११ ,सशस्त्र प्रहरीको एपिएफ, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश ,मद्येश प्रदेश र  कोशी प्रदेशी गरी ६ टोलीको सहभागिता छ । प्रतियोगिताको शिर्ष दुईमा पुग्ने टोली फाईनलमा पुग्ने छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्