सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : १९ बर्ष मुनिको महिला बिश्वकपमा पुग्न नेपाललाई आज युएई विरुद्ध जित्नै पर्ने दबाब छ ।
नेपाल र युएईबीचको खेल दिउँसो ३:१५ बजे युएईको घरेलु मैदान द सेभेन स्टेडियममा हुनेछ । युएई जारी प्रतियोगितामा एक मात्र अपराजित टोली हो । उसले खेलेका पाँच ओटै खेलमा जित निकालेको छ ।
नेपालले खेलेका पाँच मध्ये चार खेलमा जित निकालेको छ । एक खेलमा युएईसंग हारेको छ । यहि हार नेपालकालागि विश्वक पुग्न बाधा देखिन सक्छ । अपराजित रहँदै १० अंक सहित शिर्ष स्थानमा रहेको युएई नेपाललाई हराउँदै विश्वकप पुग्ने दाउमा छ ।
एक खेल हारेपनि अन्तिम खेल युएईसंगै रहेकाले आज युएईलाई हराउँदै नेपाल विश्वकमा पुग्ने दाउमा हुनेछ । आजको अन्तिम खेल दुवै टोलीकालागि फाइनल सरह हुनेछ ।
नेट–रनरेटमा नेपालभन्दा युएई अघि रहेकाले नेपालले युएईमाथि सामान्य जितले अर्थ राख्ने देखिँदैन । विश्वकप पुग्न युएईलाइए फराकिलो अन्तरले हराउनुपर्नेछ ।
छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् ।
सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।