सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : १९ वर्षमुनिको नेपाली राष्ट्रिय टोलीले भारतको स्थानीय क्लबसंग पाँच एक दिवशीय खेल्ने भएको छ ।
नेपाल क्रिकेटसंघ क्यानका अनुसार आजबाट सुरु हुने प्रतियोगितामा काठमाडौँको मुलपानी क्रिकेट मैदानमा हुनेछ । कर्नाटक विरुद्धको खेल एशिया कपअघिको अन्तिम तयारीको रुपमा समेत हेरिएको छ ।
नेपालले दोस्रो खेल आउँदो शुक्रवार खेल्ने तालिका छ । मङ्सिर २ गते तेस्रो तथा मङ्सिर ४ गते चौथो खेल खेल्ने क्यानले जनाएको छ । पाँच गते बिश्राम पछि नेपालले अन्तिम खेल मङ्सिर ६ गते खेल्नेछ । अभ्यास खेल सकिएलगत्तै नेपाली टोली एसिया कपका लागि युएई जानेछ ।
एसिया कप आगामी मंसिर १४ देखि २३ सम्म युएईमा हुदैँछ । एसिया कपकालागि नेपालसहित जापान र यूएई एसीसी प्रिमियर कपबाट छानिका हुन् ।
आठ राष्ट्र सहभागि टोलीलाई दुई समुहमा बिभाजन गरिएको छ । नेपालको समूहमा श्रीलङ्का, बाङ्ग्लादेश र अफगानिस्तान छन् भने अर्को समुहमा भारत पाकिस्तान, जापान र यूएई रहेका छन् ।