भारत र दक्षिण अफ्रिका भिड्दै

बुधबार, कात्तिक २८, २०८१

काठमाडौँ :भारत र दक्षिण अफ्रिका बीचको टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको तेस्रो खेल आज हुँदैछ ।

दक्षिण अफ्रिकाको सेन्चुरियनमा आज बेलुकी ८:४५ बजे हुने खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् ।

 गत शुक्रबार भएको पहिलो खेलमा भारतले दक्षिण अफ्रिकामाथि ६१ रनको जित निकालेको थियो । आइतवार भएको दोस्रो खेलमा भने भारत घरेलुटोलीसंग तीन विकेटले पराजित हुन पुगेको थियो ।

दक्षिण अफ्रिकाको भ्रमणमा रहेको भारतीय टोलीले त्यहाँ रहँदा चार ओटा टी–२० आई खेल्नेछ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  ०७:५१
प्रतिक्रिया दिनुहोस्