कर्नाटक विरुद्ध नेपालले दियो ११४ रनको लक्ष्य

बुधबार, कात्तिक २८, २०८१

काठमाडौँ :भारतको कर्नाटक विरुद्धको एक दिवशीय सिरिजमा नेपालको १९ बर्ष मुनिको राष्ट्रिय क्रिकेट टोलीले १ सय १४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङमा तानिएको नेपालले २७.२ ओभरमा अलआउट हुँदै १ सय १३ रनमात्र जोड्न सक्यो । नेपालकालागि आकाश त्रिपाठीले सर्वाधिक २७ रनको योगदान गरे । नरेन साउदले १३ , युनिश ठकुरीले १२ तथा अर्जुन कुमाल ६ रन बनाए ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ कर्नाटकका स्पिनर इसा पुथिगेले ५ विकेट हात पारे । कर्नाटक विरुद्धको खेल एशिया कपअघिको अन्तिम तयारीको रुपमा समेत हेरिएको छ ।

नेपालले दोस्रो खेल आउँदो शुक्रवार खेल्ने तालिका छ । मङ्सिर २ गते तेस्रो तथा मङ्सिर ४ गते चौथो खेल खेल्ने क्यानले जनाएको छ । पाँच गते बिश्राम पछि नेपालले अन्तिम खेल मङ्सिर ६ गते खेल्नेछ ।

अभ्यास खेल सकिएलगत्तै नेपाली टोली एसिया कपका लागि युएई जानेछ ।

एसिया कप आगामी मंसिर १४ देखि २३ सम्म युएईमा हुदैँछ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्