ADD FOR WEBSIDE ADD FOR WEBSIDE

वर्षाका कारण ललितपुर र सुदुरपश्चिमकाे खेल प्रभावित

आइतबार, वैशाख ३०, २०८१

काठमाडौं : वर्षा बाधक बन्दा काठमाडौँमा जारी ललितपुर मेयर कप टि–२० महिला क्रिकेट अन्तर्गत  सुदुर पश्चिम प्रदेश र ललितपुर ११ बीचकाे खेल प्रभावित भएको छ ।

जितका लागि १२३ रनकाे लक्ष्य पछ्याउने क्रममा ११ ओभरमा २ विकेट गुमाउँदै ४५ रन जाेड्दा वर्षा भएको हाे ।


त्यसअघि त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिङमा तानिएको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर रन १२२ बनायाे । उसकालागि कप्तान विन्दु रावलले सर्बाधिक ३० रन जाेडिन् ।

कविता जाेशीले अविजित २५  तथा सावित्री धामीले १७ रन जाेडिन् । वलिङतर्फ कृतिका मरासिनी र आरती महताेले समान २/२ विकेट लिईन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्