ADD FOR WEBSIDE ADD FOR WEBSIDE

ताजकिस्तान विरुद्ध पहिलो हाफमा नेपाल ३-० ले पछाडी

बुधबार, कात्तिक २८, २०८१

काठमाडौँ :ताजकिस्तानसंगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल ३-० ले पछि परेको छ ।

सेन्ट्रल रिपब्लिकन रंगशालामा जारी खेलमा ताजकिस्तानले खेलको १९ औँ मिनेटमा शेर्भोनी माबत्शोएवले गोल गर्दै अग्रता दिलाए । खेलको २७ औँ मिनेटमा नेपालका सनिस श्रेष्ठले डिबक्स भित्र फाउल गरेपछि पाएको पेनाल्टीमा नेपालले  दोस्रो गोल खान पुग्यो । ताजकिस्तानका अलीशेर जालिलोभले प्रहार गरेको पेनाल्टी बतन किरण कुमार लिम्बुले रोकेपनि रिबाउण्डमा आएका बललाई जालिलोभले नै जाली चुमाए । पहिलो हाफ सकिनै लाग्दा नेपालले अर्को गोल पनि खायो । 

पाँच महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको नेपाल घरेलुटोलीलाई हराउने लक्ष्यकासाथ मैदान उत्रिएको छ ।

तर अहिले सम्म नेपालले ताजकिस्तानलाई हराउन भने सकेको छैन ।

फिफा वरितामा नेपाल १७६ औँ स्थानमा छ । नेपालभन्दा ५१ औँ स्थानमाथि रहेको घरेलुटोली विरुद्ध जित निकाल्ने योजनामा हुनेछ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १९:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनआरटीले चर्च ब्वाईजलाई हरायो
बुधबार, कात्तिक २८, २०८१

संकटाले मछिन्द्रलाई हरायो 
बुधबार, कात्तिक २८, २०८१