ADD FOR WEBSIDE ADD FOR WEBSIDE

ताजकिस्तानसंग नेपाल ४–० ले पराजित

बुधबार, कात्तिक २८, २०८१

काठमाडौँ :अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल ताजकिस्तानसंग पराजित भएको छ ।

बुधवार साँझ भएको खेलमा नेपाल घरेलुटोलीसंग ४–० ले पराजित भएको हो । सेन्ट्रल रिपब्लिकन रंगशालामा भएको खेलमा ताजकिस्तानले नेपाललाई पुरै दबाबमा राख्यो । खेलको १९ औँ मिनेटमा शेर्भोनी माबत्शोएवले गोल गर्दै ताजकिस्तानलाई अग्रता दिलाए ।

खेलको २९ औँ मिनेटमा नेपालका सनिस श्रेष्ठले डिबक्स भित्र फाउल गरेपछि पाएको पेनाल्टीमा नेपालले  दोस्रो गोल खान पुग्यो । ताजकिस्तानका अलीशेर जालिलोभले प्रहार गरेको पेनाल्टी बतन किरण कुमार लिम्बुले रोकेपनि रिबाउण्डमा आएका बललाई जालिलोभले नै जाली चुमाए ।

पहिलो हाफ सकिनै लाग्दा माबत्शोएवले ब्यक्तिगत दोस्रो गोल गरेपछि नेपाल पहिलो हाफमा तीन शुन्यले पछि परेको थियो । निकै घम्साघम्सी भएको खेलमा नेपालका अञ्जन बिष्टले पहेँलो कार्ड खान पुगे ।

दोस्रो हाफको पाँचौ मिनेटमा नेपालले फेरि अर्को गोल खान पुग्यो । ५० औँ मिनेटमा जालिलोभले एक गोल थपे । पाँच महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको नेपाल घरेलुटोलीलाई हराउने लक्ष्य सफल हुन सकेन ।

नेपालले ताजकिस्तानलाई हराउन भने सकेको छैन । फिफा वरितामा नेपाल १७६ औँ स्थानमा छ । ताजकिस्तान नेपालभन्दा ५१ औँ स्थानमाथि रहेको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  २१:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनआरटीले चर्च ब्वाईजलाई हरायो
बुधबार, कात्तिक २८, २०८१

संकटाले मछिन्द्रलाई हरायो 
बुधबार, कात्तिक २८, २०८१