sonam sonam

दक्षिण अफ्रिका भारतसंग पराजित

बिहीबार, कात्तिक २९, २०८१

काठमाडौँ :दक्षिण अफ्रिका विरुद्धको तेस्रो टी–२० आईमा भारत विजयी भएको छ ।

बुधवार भएको खेलमा भारतले घरेलुटोलीमाथि ११ रनको जित निकालेको हो । जितसँगै भारतले ४ खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ । जितकालागि भारतले दिएको २ सय २० रनको लक्ष्य पछ्याउने क्रममा घरेलुटोलीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै २०८ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि मार्को यानसनले सर्वाधिक ५४ रनको योगदान गरे ।  हेनरिक क्लेसनले ४१ ,कप्तान एडेन मारक्रमले २९, रिजा हेन्ड्रिक्सले २१ तथा रायन रिकल्टनले २० रन जोडे ।

उसलाई सस्तैमा समेट्नेक्रममा भारतका लागि अर्शदिप सिंहले सर्वाधिक  ३ विकेट लिए । वरुण चक्रवर्तीले २ तथा हार्दिक पाण्ड्या र अक्षर पटेलले समान १ विकेट हात पारे ।

त्यसअघि दक्षिण अफ्रिकाको सेन्चुरियनमा टस हारेर ब्याटिङमा तानिएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १९ रन बनाएको थियो ।

भारतकालागि तिलक बर्माले शतकीय पारी खेल्दै अविजित १ सय ७ रन जोडे । अभिषेक शर्माले ५० रन बनाए ।

यी दुई टोलीबीचको चौथो तथा अन्ति खेल शुक्रवार जोहानेसवर्गमा हुनेछ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्