सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाली राष्ट्रिय टोलीका ब्याटर कुशल भुर्तेलको टी–२० वरियता खस्किएको छ ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले बुधवार जारी गरिएको वरियतामा ब्याटिङतर्फको वरियतामा उनी एक सय स्थानमा झरेका हुन् । यसअघि उनी ९८ औँ स्थानमा थिए ।
टी–२० ब्याटिङतर्फ कप्तान रोहित पौडेलको वरियतापनि एक स्थान खस्किदैँ ६० औँ स्थानमा आइपुगेको छ । आशिफ शेखले भने दुई स्थान सुधार गर्दै ६७ औँ स्थानमा पुगेका छन् ।
दिपेन्द्र सिं ऐरीको वरियता पनि एक स्थान खस्किएर ४७ औँ स्थानमा आईपुगेका छन् । टी–२० ब्याटिङ बरियतामा अस्ट्रेलियाका ट्रेबिस हेड शीर्ष स्थानमा छन् ।
इङ्ल्यान्डका पिलसाल्ट दोस्रो तथा भारतका सूर्यकुमार तेस्रो स्थानमा रहँदा पाकिस्तानका बावर आजम चौथो स्थानमा छन् ।