ADD FOR WEBSIDE ADD FOR WEBSIDE

टी–२० आईमा अष्ट्रेलियाले पाकिस्तानलाई हरायो

बिहीबार, कात्तिक २९, २०८१

काठमाडौँ :पाकिस्तान विरुद्धको पहिलो टी–२० आईमा अष्ट्रेलिया विजयी भएको छ ।

ब्रिस्बेनमा भएको पहिलो खेलमा अष्ट्रेलिया २९ रनले बीजयी भएको हो । जितकालागि अष्ट्रेलियाले दिएको ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ७ ओभरमा ९ विकेट गुमाएर ६४ रन मात्र बनाउन सक्यो ।

वर्षाका कारण खेल ७ ओभरमा छोट्याईएको थियो । पाकिस्तानकालागि अब्बास अफ्रिदीले सर्वाधिक २० रन बनाए । हसिबुल्लाह खानले १२ तथा शहिन साह अफ्रिदीले ११ रन बनाएपनि अन्यले दोहोरो अंकको रन बटुल्न सकेनन् ।

Abbas Afridi took two key wickets, Australia vs Pakistan, 1st T20I, Gabba, November 14, 2024

त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको घरेलुटोलीले निर्धारित ओभरमा ४ विकेट गुमाएर ९३ रन बनायो ।उसकालागि ग्लेन म्यास्वेलले सर्वाधिक ४३ रनको योगदान गरे ।

मार्कस स्टोइनिसले २१ तथा टिम डेविटले १० रन बनाए । जितसंगै तीन खेलको सिरिजमा अष्ट्रेलियाले १-० को अग्रता बनाएको छ । दोस्रो खेल शनिवार हुनेछ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्