ADD FOR WEBSIDE ADD FOR WEBSIDE

कर्नाटकविरुद्ध नेपाल ७ विकेटले विजयी

शुक्रबार, कात्तिक ३०, २०८१

काठमाडौँ :कर्नाटकविरुद्धकोे दोस्रो एक दिवशीय अभ्यास खेलमा १९ बर्ष मुनिको नेपाली टोली विजयी भएको छ ।

आज भएको खेलमा कर्नाटकलाई ७ विकेटले हराउँदै नेपाल विजयी भएको हो । जितकालागि कर्नाटकले दिएको १२२ रनको लक्ष्य नेपालले २५ ओभरमा ३ विकेट गुमाएर सहजै भेटायो । नेपालको जितमा आकाश त्रिपाठीले अर्धसतक प्रहार गर्दै सर्वाधिक ५२ रनको योगदान गरे । मयन यादवले ३२ तथा नरेन भट्टले १४ रन बनाए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ थालेको पाहुनाटोली  कर्नाटकले ३८.१ ओभरमा सवै विकेट गुमाउँदै १ सय २१ रनमात्र बनाउन सक्यो । कर्नाटकका रिशाभले ४० तथा ओपनर प्रतिकले ३७ रन बनाएपनि अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । जितसंगै पाँच खेलको श्रृखंलामा नेपालले १–१ को बराबरी गरेको छ ।

पहिलो खेलमा कर्नाटक १ विकेटले विजयी भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्