ADD FOR WEBSIDE ADD FOR WEBSIDE
मेयर कप महिला टि–२० :

वर्षाले रोकियो कोशी र एपिएफको खेल

सुदुरसंग ललितपुर पराजित
आइतबार, वैशाख ३०, २०८१

काठमाडौ :अयोजक ललितपुर ११ ले  मेयर कप महिला टि–२० क्रिकेटमा पहिलो हार ब्यहोरेको छ । पहिलो खेलमा बाग्मती प्रदशेलाई ७ विकेटले हराउँदै शनसनीपूर्ण जित निकालेको ललितपुर दोस्रो खेलमा पराजित हुन पुगेको हो ।

बर्षाले प्रभाबित खेलमा डकवर्थ लुईस पद्धतीमा ललितपुर ११ सुदुरपश्चिमसंग १६ रनले पराजित भएको हो । सुदुरपश्चिमले दिएको १२३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ थालेको ललितपुर ११ ले ११ ओभरमा २ विकेट गुमाउँदै ४५ रन बनाउँदा वर्षा भएपछि खेल रोकिन पुगेको थियो ।

sportshub-news-tu-1715505761.jpg

त्सअघि त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिङमा तानिएको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर रन १२२ बनाएको थियो ।

उसकालागि  कप्तान विन्दु रावलले सर्बाधिक ३० रन जोडिन् । कविता जोशीले नटआउट २५  रनको गोगदान गरिन् ।  सावित्री धामीले १७ लक्ष्मी धामीले १५ रन जोडिन् ।

sportshub-news-tu-ground-1715505822.jpg

वर्षाकै कारण कोशी प्रदेश र सशस्त्र प्रहरीको एपिएफबीचको खेल पनि प्रभाबित हुन पुगेको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा दिउँसो १ः३० बजेका लागि निर्धारण गरिएपनि वर्षा नरोकिएपछि यी दुबै टोलीबीचको खेल प्रभाबित बनेको हो । 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्