HAPPY NEW YERA HAPPY NEW YERA

१९ वर्षमुनिको महिला क्रिकेट टोलीलाई  एनपीएलको दश लाख पुरस्कार

शुक्रबार, कात्तिक ३०, २०८१

काठमाडौँ :१९ वर्षमुनिको महिला क्रिकेट टोलीलाई  नेपाल प्रिमियर लिग एनपीएलका  आठवटा टोलीले नगद पुरस्कार दिने भएका छन् ।

युएईलाई हराउँदै पहिलो पटक नेपाललाई विश्वकपमा पुर्याउन सफल  १९ वर्ष मुनिको महिला टोलीलाई  नेपाल प्रिमियर लिग एनपीएलमा आबद्ध आठवटा टोलीले संयुक्त रुपमा पुरस्कारको घोषणा गरेका हुन् ।

महिला टोलीलाई अब  उनीहरुले  संयुक्त रुपमा नगद १० लाख रुपैयाँ दिने छन् ।

एनपिएलले शुक्रवार एक विज्ञप्ती जारी गर्दै विश्व कपमा छनोट गराउन सफल नेपाली महिला टोलीलाई नगद १० लाख दिने घोषणा गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दिल्लीलाई हराउँदै गुजरात शिर्षमा
शुक्रबार, कात्तिक ३०, २०८१