ADD FOR WEBSIDE ADD FOR WEBSIDE

दुई खेल अगावै इङ्ल्यान्डलाई टी–२० शृंखला

शुक्रबार, कात्तिक ३०, २०८१

काठमाडौँ :वेस्ट इन्डिजविरुद्ध अन्तर्राष्ट्रिय टी–२० शृंखला इङ्ल्यान्डले जितेको छ ।

शुक्रबार सम्पन्न तेस्रो खेलमा इङ्ल्यान्डले घरेलुटोलीमाथि  तीन विकेटको जित निकालेको हो । जितसंगै इङ्ल्यान्डले दुई खेल अगावै श्रृखंला ३–० ले आफ्नो पक्षमा पारेको हो । वेस्ट इन्डिजले दिएको १४६ रनको लक्ष्य इङ्ल्यान्डले १९.२ ओभरमा सात विकेटको क्षतिमा भेट्टायो ।

उसको जितमा साम करनले सर्वाधिक ४१ रनको योगदान गरे । लियम लिभिङ्गस्टोनले ३९ तथा विल ज्याकले ३२ रन जोडे ।

Jos Buttler skewed a catch into the covers, West Indies vs England, 3rd T20I, Gros Islet, November 14, 2024

त्यसअघि डारेन सामी नेसन्नल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४५ रन बनाएको थियो ।

उसकालागि कप्तान रोभमन पावेलले सर्वाधिक ५४ रनको योगदान गरे । रोमारियो शेफर्डले ३० तथा अल्जारी जोसेफले अविजित २१ रन जोडे ।

Akeal Hosein struck twice in the powerplay, West Indies vs England, 3rd T20I, Gros Islet, November 14, 2024

यसअघि भएको खेलमा इङ्ल्यान्डले घरेलुटोलीलाई आठ र सात विकेटले हराएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १६:३४
प्रतिक्रिया दिनुहोस्