एनपीएलको ब्रोडकास्टिङ अधिकार स्टार स्पोर्टसलाई

शुक्रबार, कात्तिक ३०, २०८१

काठमाडौँ :नेपालमा आयोजना हुने नेपाल प्रिमियर लिग (एनपिएल) को प्रत्यक्ष प्रशारण भारतीय च्यानल स्टार स्पोर्टसले गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार मुख्य सिद्धार्थ बैंक प्रयोजक रहने गरी एनपीलका सबै खेलहरुको बा्रेडकास्टिङ अधिकार स्टार स्पोर्टसलाई दिईएको हो । क्यानको आयोजनामा यहि मंसिर १५ देखि पुस ६ गतेसम्म एनपिएल सुरु हुँदैछ ।

प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ एनपीएलले जनाएको छ ।

लिगका काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स ,पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १८:२८
प्रतिक्रिया दिनुहोस्