sonam sonam

दक्षिणअफ्रिका विरुद्धको टि–२०सिरिज भारतलाई

शनिबार, मंसिर १, २०८१

काठमाडौँ :दक्षिणअफ्रिका विरुद्धको टि–२० अन्तर्राष्ट्रिय सिरिज भारतले हात पारेको छ ।

शुक्रबार राती भएको चौथो तथा अन्तिम खेलमा घरेलु टोली  दक्षिणअफ्रिकामाथि १३५ रनको फराकिलो जित निकाल्दै भारतले टि–२०  अन्तर्राष्ट्रिय श्रृङ्खला ३–१ ले आफ्नो पक्षमा पारेको हो । जितका लागि भारतले दिएको २८४ रनको लक्ष्य पछाएको दक्षिणअफ्रिका १८.२ ओभरमा अलाउड हुँदै १४८ रनमा समेटिएको थियो ।

दक्षिणअफ्रिकाका लागि  क्रिस्टन स्टवस्ले सर्वाधिक ४३ रनको योगदान गरे । डेविड मिलरले ३६ तथा मार्को जेन्सनले २९ रन बनाए पनि अन्य ब्याटरले  उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

दक्षिणअफ्रिकालाई सस्तैमा समेट्ने क्रममा बलिङ तर्फ हर्शदिप सिंहले सर्वाधिक ३ विकेट लिए । वरुण चक्रवर्ती र अक्षर पटेलले   समानदुई-दुई विकेट लिँदा  हार्दिक पाण्डे  रमणदिप सिंह र रवि विष्णोईले समान एक-एक विकेट हात पारे ।

त्यसअघि दक्षिणअफ्रिकाको जोहनेसवर्र्गमा टस जितेर पहिले ब्याटिङ थालेको भारतले  निर्धारित ओभरमा एक विकेटको क्षतिमा २८३ रन बनाएको थियो ।

भारतका लागि तिलक वर्माले  नटआउट सर्वाधिक १२० तथा सञ्जु सामसैनले १०९ रनको योगदान गरे । 

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  ०७:३०
प्रतिक्रिया दिनुहोस्