नेपालले एघार बर्षपछि अफगानिस्तानसंग खेल्दै

शनिबार, मंसिर १, २०८१

काठमाडौँ :अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज नेपालले अफगानिस्तानसँग खेल्दैछ ।

यी दुई टोलीको खेल  ताजिकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ६ः४५ बजे हुने छ ।यसअघि बुधबार सम्पन्न ताजिकिस्तानविरुद्धको पहिलो खेलमा  नेपाल ४–० गोल अन्तरले पराजित भएको थियो ।

फिफा वरियतामा २५ स्थानमाथि रहेको अफगानिस्तानसंग नेपालले ११ बर्षपछि खेल्न लागेको हो । सन् २०१३ यता नेपालले अफगानिस्तानसँग फुटबल खेलेको छैन ।

अहिलेसम्म अफगानिस्तानसंग ६ खेल खेलेको नेपालले ३ खेलमा जित निकालेको छ । २ खेल बराबरीमा टुङ्ग्याउँदा एक खेलमा पराजय भोगेको छ ।  पछिल्लो फिफा वरियतामा अफगानिस्तान १५१ औँ स्थानमा रहँदा नेपाल १७६ औँ स्थानमा छ  ।

यस्तो छ अफगानिस्तान विरुद्ध नेपाली टोली :

गोलकिपर– किरण कुमार लिम्बु (सी), दीप कार्की, विशाल सुनार । 
डिफेन्डरः अभिषेक लिम्बु, रोहित चन्द, चिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रणदिप पौड्याल, अन्जल महर्जन । 
मिडफिल्डरः रोहन कार्की, मणि लामा, अरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ । 
फरवार्डः जिलेस्पे जंग कार्की, अन्जन विष्ट, निरजन धामी ।
 

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्