सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : घरेलुटोली अष्ट्रेलियाले पाकिस्तानविरुद्धको दोस्रो टी–२० आईमा जितकालागि १४८ रनको चुनौति पेश गरेको छ ।
सिड्नीमा टस जितेर सुरुवाती ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनाएको थियो । उसकालागि म्याथू सर्टसले सर्वाधिक ३२ रनको योगदान गरे । आरोन हार्डीले २८ ,ग्लेन म्यास्वेलले २१ ,जेक फ्रेजर–म्याकगुर्कले २० तथा टिम डेभिडले १८ रन बनाए । मार्कस स्टोइनिसले १४ रन जोडे ।
बलिङतर्फ हरिष रौफले सर्वाधिक चार विकेट लिए । अब्बास अफ्रिदीले ३ तथा सुफियान मुकिमले दुई विकेट हात पारे ।घरेलुटोली अष्ट्रेलिया आज दोस्रो जित निकाल्दै एक खेल अगावै सिरिज जित्न चाहान्छ ।
पहिलो खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई २९ रनले हराएको थियो । पाकिस्तानपनि आज घरेलुटोलीलाई हराउँदै सिरिज बराबरी गर्न चाहान्छ ।
यस अघि भएको तीन खेलको एकदिवशीय सिरिज पाकिस्तानले जितेको थियो ।