ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पाकिस्तान विरुद्धको टी–२० सिरिज अष्ट्रेलियालाई

शनिबार, मंसिर १, २०८१

काठमाडौँ :घरेलुटोली अष्ट्रेलियाले पाकिस्तान विरुद्धको दोस्रो टी–२० आई सिरिज जितेको छ ।

आज भएको खेलमा पाकिस्तानलाई १३ रनले हराउँदै अष्ट्रेलियाले एक खेल अगावै तीन खेलको सिरिज २–० ले जितेको हो । जितकालागि अष्ट्रेलियाले दिएको १४८ रनको लक्ष्य पछ्याउको पाकिस्तान १९.४ ओभरमा सवै विकेट गुमाउँदै १३४ रनमा समेटियो । पाकिस्तानकालागि उस्मान खानले अर्धशतिकय पारी खेल्दै सर्वाधिक ५२ रन बनाएपनि जित दिलाउन सकेनन् ।

Haris Rauf struck twice in an over to check Australia's rapid start, Australia vs Pakistan, 2nd T20I, Sydney, November 16, 2024

इर्फान खानले ३७ तथा कप्तान मोहम्मद रिजवानले १६ रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ स्पेन्सर जोनसनले सर्वाधिक ५ विकेट लिए ।

त्यसअघि सिड्नीमा टस जितेर सुरुवाती ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनाएको थियो  । उसकालागि म्याथू सर्टसले सर्वाधिक ३२ रनको योगदान गरे ।

आरोन हार्डीले २८ ,ग्लेन म्यास्वेलले २१ ,जेक फ्रेजर–म्याकगुर्कले २० तथा टिम डेभिडले १८ रन बनाए । मार्कस स्टोइनिसले १४ रन जोडे । बलिङतर्फ हरिष रौफले सर्वाधिक चार विकेट लिए ।

अब्बास अफ्रिदीले ३ तथा सुफियान मुकिमले दुई विकेट हात पारे । एडम जम्पाले दुई विकेट लिए ।

श्रृखंलाको तेस्रो तथा अन्तिम खेल सोमवार हुनेछ ।
 

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १७:४८
प्रतिक्रिया दिनुहोस्