सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।
ताजिकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा आज साँझ भएको खेलमा नेपालले अफगानिस्तानलाई २–० गोलले हराएको हो ।
पहिलो हाफ गाल रहित बराबरमिा टुंगिएपनि दोस्रो हाफमा नेपालले आक्रमक लय राख्न पुग्यो । दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै जिलेस्पी जंग कार्कीकाे गोलबाट नेपालले अग्रता बनाएको थियो । कार्कीले ४६ औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाए ।
खेलको ७८ औँ मिनेटमा रोहित चन्दले गोल थप्दै नेपाललाई २–० को अग्रतामा पुर्याए । निर्धारित र गपिएको अतिरिक्त समयमा थप गोल हुन सकेन । नेपाल विजयी भयो । फिफा वरियतामा अफगानिस्तान नेपालभन्दा २५ स्थानमाथि छ ।
पछिल्लो फिफा वरियतामा अफगानिस्तान १५१ औँ स्थानमा रहँदा नेपाल १७६ औँ स्थानमा छ ।