ADD FOR WEBSIDE ADD FOR WEBSIDE

ओमान विरुद्धको टि–२०सिरिज नेदरल्यान्ड्सले जित्यो

आइतबार, मंसिर २, २०८१

काठमाडौँ :ओमान विरुद्धको टि–२० अन्तरर्राष्ट्रिय सिरिज नेदरल्यान्ड्सले हात पारेको छ ।

शनिबार राति भएको खेलमा घरेलु टोलीमाथि  २९ रनको जित निकाल्दै नेदरल्यान्ड्सले सिरिज हात पारेको हो । जितका लागि नेदरल्यान्ड्सले दिएको १४८ रनको लक्ष्य पछाएको  ओमानले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै ११८ रन मात्र बनाउन सक्यो ।

ओमानका लागि सकिल अहमदले सर्वाधिक ४५ रनको योगदान गरे । सुफियान  महमुदले २३ तथा  मेरान खानले १८ रन जोडे पनि अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

त्यसअघि अलअमिरात स्टेडियममा टस हारेर पहिले ब्याटिङमा तानिएको नेदरल्यान्डले निर्धारित ओभरमा नौ विकेटको क्षतिमा १४७ रन बनाएको थियो ।

उसका लागि म्याक्स ओ डाउटले सर्वाधिक ६६ रनको योगदान गरे र तेजा निदामनुरुले ३६ तथा  नूह क्रोसले १५ रन जोडेका थिए ।

तेस्रो तथा अन्तिम खेलमा नेदरल्यान्ड्सले  घरेलु टोलीलाई हराएसँगै तीन खेलको टि–२० अन्तर्राष्ट्रिय सिरिज नेदरल्याण्डले २–१ ले हात पारेको छ ।

पहिलो खेलमा ओमानले नेदरल्यान्ड्सलाई तीन विकेटले हराएको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्स ५० रनले विजयी बनेको थियो ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  ०७:२६
प्रतिक्रिया दिनुहोस्