सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले च्याम्पियन्स ट्रफी २०२५ अघि ट्रफी टुर सार्वजनिक गरेको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डको आपत्तिपछि च्याम्पियन्स ट्रफी पाकिस्तान प्रशासित कश्मीरमा भने लगिने छैन । भारतको आपत्तिपछि आईसीसीले पाकिस्तानको पीओके योजना रद्द गरेको छ ।
च्याम्पियन्स ट्रफीको यात्रा शनिवारबाट पाकिस्तानको राजधानी इस्लामाबादबाट सुरु भएकोछ । विश्व टुरको अन्तिममा भारतमा उक्त ट्रफी आईपुग्नेछ । भारतपछि ट्रफी फेरि पाकिस्तान लगिनेछ । च्याम्पियन्स ट्रफी सन् २०२५ को फेब्रुअरी १९ देखि ९ मार्च सम्म पाकिस्तानमा आयोजना हुँदैछ ।
एक दिवशीय ढाँचामा हुने प्रतियोगितामा आठ राष्ट्र सहभागि हुनेछन् । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगितामा कूल १५ खेलहरु हुनेछन् ।
उक्त प्रतियोगिता खेल्न भारत पाकिस्तान नजाने बताउँदै आएको छ । यस्तो छ च्याम्पियन्स ट्रफी यात्राको तालिका:
१६ नोभेम्बर – इस्लामाबाद, पाकिस्तान १७ नोभेम्बर – तक्षशिला र खानपुर, पाकिस्तान १८ नोभेम्बर – एबटाबाद, पाकिस्तान १९ नोभेम्बर – मुरी, पाकिस्तान २० नोभेम्बर- नथिया गली, पाकिस्तान २२ – २५ नोभेम्बर – कराँची, पाकिस्तान २६ - २८ नोभेम्बर - अफगानिस्तान १० - १३ डिसेम्बर - बंगलादेश १५ - २२ डिसेम्बर - दक्षिण अफ्रिका २५डिसेम्बर - ५ जनवरी - अष्ट्रेलिया ६ - ११ जनवरी - न्यूजील्याण्ड १२ - १४ जनवरी - इङ्गल्याण्ड १५ - २६ जनवरी - भारत २७ जनवरी – प्रतियोगिता सुरु हुने स्थान – पाकिस्तान