सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :कर्नाटक विरुद्धको एक दिवशीय तेस्रो अभ्यास खेलमा नेपाल विजयी भएको छ ।
आईतवार भएको खेलमा घरेलुटोलीले कर्नाटकविरुद्ध १२१ रनको फराकिलो जित निकालेको हो । जितका लागि २ सय ८३ रनको लक्ष्य पछ्याएको कर्नाटकले ४०.२ ओभरमा सवै विकेट गुमाउँदै १ सय ६१ रनमात्र जोड्न सक्यो । उसकालागि गगन रावले सर्वाधिक ४६ रनको योगदान गरे ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएकाे नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो । नेपालका तीन खेलाडीले अर्धशतक प्रहार गरे ।
ब्याटर रोशन विकले अर्धशतकिय पारी खेल्दै सर्वाधिक ८१ रनको योगदान गरे । मयन यादवले ५० तथा उत्तम थापा मगरले ५२ रनको योगदान गरे । बलिङतर्फ कर्नाटकका लोहिथ र वासुले २–२ विकेट लिँदा इसा पुथिगे र प्रणव अश्वथले १–१ विकेट हात पारे ।
जितसंगै ५ खेलको सिरिजमा नेपालले २–१ को अग्रता बनाएको छ ।
पहिलो खेलमा नेपाल एक विकेटले पराजित हुँदा दोस्रो खेलमा ७ विकेटको फराकिलो जित निकालेको थियो ।