ADD FOR WEBSIDE ADD FOR WEBSIDE

ललितपुर मेयरकप महिला टि–२० क्रिकेटमा एपीएफको विजयी शुरुवात

आइतबार, वैशाख ३०, २०८१

काठमाडौँ : काठमाडौँमा जारी ललितपुर मेयरकप महिला टि–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । 
वर्षाले प्रभावित खेलमा एपिएफले २४ रनको जित निकालेको हो । ५ ओभरमा झारिएको खेलमा जितका लागि एपिएफले दिएको ५७ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित ओभरमा २ विकेटको क्षतिमा ३२ रन मात्र बनाउन सक्यो । 
कोशीका लागि कप्तान अप्सरी बेगमले अविजित रहँदै सर्वाधिक २५ रनको योगदान गरिन् । काजल श्रेष्ठले ४ तथा सानु राजवंशीले २ रन जोडिन् । 
त्यसअघि त्रिवि सक्रकेट मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिङमा तानिएको एपीएफले निर्धारित ५ ओभरमा ३ विकेटको क्षतिमा ५६ रन बनाएको थियो । एपिएफका लागि ईन्दु बर्माले अविजित ३८ रन जोडिन् । 
जितसंगै एपीएफ २ अंक सहित तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १८:४८
प्रतिक्रिया दिनुहोस्