ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पाकिस्तानले दियो अस्ट्रेलियासामु ११८ रनको लक्ष्य 

सोमबार, मंसिर ३, २०८१

काठमाडौँ :अस्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० सिरिजमा पाकिस्तानले जितकालागि ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अस्ट्रेलियाको होबार्डमा टस जितेर पहिले ब्याटिङ थालेको पाकिस्तानले १८.१ ओभरमा सवै विकेट गुमाउँदै ११७ रन बनायो । पाकिस्तानकालागि बाबर आजमले सर्वाधिक ४१ रनको योगदान गरे ।

हसीबुल्लाह खानले २४ ,साईन शाह अफ्रिदीले १६ तथा इर्फान खानले १० रन बनाउँदा साहिबजादा फरहानले ९ रन जोडे । जहानद खानले तथा उस्मान खानले ३ तथा सलमान आगाले एक रन जोडे ।

घरेलु टोली अस्ट्रेलिया आज पाकिस्तानलाई हराउँदै तीन खेलको श्रृङ्खला क्लीन स्वीप गर्ने योजनामा छ । पाकिस्तान भने आज सान्त्वना जित निकाल्न चाहान्छ ।

 लगातार दुई खेल जितिसकेको अस्ट्रेलियाले यसअघि नै २–० ले श्रृङ्खला जितिसकेको छ ।

गत बिहिबार भएको पहिलो खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई २९ रनले हराउँदा दोस्रो खेलमा पनि १३ रनको जित निकालेको थियो ।
 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १५:२७
प्रतिक्रिया दिनुहोस्