पाकिस्तान विरूद्धको सिरिज अस्ट्रेलियाद्वारा क्लीन स्वीप

सोमबार, मंसिर ३, २०८१

काठमाडौँ :पाकिस्तान  विरूद्धकाे अन्तर्राष्ट्रिय टी–२०  सिरिज  घरेलु टोली अस्ट्रेलियाले क्लीन स्वीप गरेको छ ।

सोमबार दिउँसो भएको तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानलाई सात विकेटले हराउँदै  अस्ट्रेलियाले  तीन खेलको सिरिज क्लीन स्वीप गरेको हो ।  जितका लागि पाकिस्तानले दिएको ११८ रनको लक्ष्य अस्ट्रेलियाले  ११.२ ओभरमा मात्र ३ विकेटको क्षतिमा पुरा गर्यो । अस्ट्रेलियाको जितमा  मार्कस स्टोइनिसले नटआउट ६१ रन जोडे ।

जोश ईङ्लिसले २७ तथा जेक फ्रेजर–म्याकगुर्कले १८ रन बनाए । त्यसअघि अस्ट्रेलियाको होबार्डमा टस जितेर पहिले ब्याटिङ थालेको पाकिस्तानले १८.१ ओभरमा सवै विकेट गुमाउँदै ११७ रन बनाएको थियो ।

पाकिस्तानकालागि बाबर आजमले सर्वाधिक ४१ रनको योगदान गरे । हसीबुल्लाह खानले २४ ,साईन शाह अफ्रिदीले १६ तथा इर्फान खानले १० रन बनाउँदा साहिबजादा फरहानले ९ रन जोडे । जहानद खानले तथा उस्मान खानले ३ तथा सलमान आगाले एक रन जोडे ।

लगातार दुई खेल जितिसकेको अस्ट्रेलियाले यसअघि नै २–० ले श्रृङ्खला जितिसकेको छ ।

गत बिहिबार भएको पहिलो खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई २९ रनले हराउँदा दोस्रो खेलमा पनि १३ रनको जित निकालेको थियो ।
 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १६:३४
प्रतिक्रिया दिनुहोस्