कर्नाटकसंग नेपाल ५ विकेटले पराजित, सिरिज २–२ को बराबरीमा 

मंगलबार, मंसिर ४, २०८१

काठमाडौँ :१९ बर्षमुनिको एसियाको कपको तयारी स्वरुप भईरहेको कर्नाटक विरुद्धको एक दिवशीय अभ्यास खेलमा नेपाल पराजित भएको छ ।

आज भएको चौथो खेलमा नेपाल पाँच विकेटले पराजित भएको हो । जितकालागि नेपालले दिएको १०६ रनको सामान्य लक्ष्य कर्नाटकले ३७ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । उसकालागि अक्षत प्रभाकरले २४ रन जोडे । त्यसअघि मुलपानी त्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ थालेको नेपालले ३५.१ ओभरमा सवै विकेट गुमाएर १०५ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि मयन यादवले ३४ र रोशन विकले नटआउट ३४ रन बनाएपनि अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

कर्नाटकको जितसंगै पाँच खेलको सिरिजमा २–२ को बराबरी भएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्