सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :सिस्नेरीको पहिरोमा परी ज्यान गुमाएका एन्फा एकेडेमी फुटबलरका अभिभावकले न्याए नपाएको भन्दै पत्रकार सम्मेलन गरेका छन् ।
पीडित परिवारले प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड लगायतसंग घटनाको निष्पक्ष छानबिनका लागि ज्ञापन बुझाउँदा पनि न्याय नपाएको दुखेसो पोखेका हुन् । उनीहरूले सिस्नेरी घटनामा प्रत्यक्ष दोषी देखिएका व्यक्तिलाई नै छानबिन समितिमा राखेर थप पीडा थपेको आरोप समेत लगाएका छन् ।
सन्तान गुमाएको ५३ दिनसम्म पनि न्याय नपाएपछि आफुहरु पत्रकार सम्मेलन गर्न बाध्य भएको उनीहरुको भनाई छ । सिस्नेरीको पहिरोमा परी ज्यान गुमाएका एन्फाका एकेडेमीका फुटबलरका अभिभावकले एन्फाको लापरवाहीका कारण आफ्नो सन्तान गुमाएको ५३ दिन बितिसक्दा पनि आफूहरूले न्याय पाउन नसकेको बताएका छन् ।
मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–३ स्थित एन्फाका एकेडेमीका ६ जना फुटबलरले गत असोज १२ गते पहिरो परेर ज्यान गुमाएका थिए । उक्त पहिरोमा परी ज्यान गुमाएका ६ फुटबरमध्ये पाँच जनाका अभिभावले एन्फाको कमजोर व्यवस्थापनका कारण आफ्ना सन्तानको ज्यान गएकाले उनीहरूमाथि कारबाही गर्न राज्यका सबै संयन्त्रले चासो नदेखाएका आरोप लगाएका छन् ।
पीडित परिवारले आफूहरूले एन्फालाई विश्वास गरेर आफ्नो बच्चाहरू सुम्पिए पनि एन्फाको लापरवाहीका कारण आफ्नो सन्तानले ज्यान गुमाएको आरोप लगाएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फा ले मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–३ स्थित वत्सला माध्यमिक विद्यालयमा अध्ययन गर्ने र एन्फा क्याम्पमा फुटबल प्रशिक्षण लिने ४० जना विद्यार्थी राखेका थियो ।
कुलेखानीको बाध फुट्नसक्ने भन्दै त्यहाँबाट अन्यत्र जाने क्रममा सिस्नेरीको पहिरोमा परी हेटौँडाका अनुपम घलान, बाराको निजगढका विकल रेग्मी, सिस्नेरीका दिवस बानियाँ, काठमाडौंका प्रियान्स आचार्य र सर्लाहीका आदित्य बलमपाकी, साइमन योञ्जनको पहिरोमा परी मृत्यु भएको थियो । उक्त पहिरोको परी ज्यान गुमाएका विकल रेग्मीकी आमाले आर्थिक अवस्था कमजोर हुँदा पनि आफ्ना छोराका लागि शुल्क तिर्दै आएको बताइन् । देशका लागि खेल्ने छोराको लक्ष्य रहेकाले एकेडेमीमा कठिनाई हुँदा पनि विश्वास गरेको र तर त्यो विश्वासअनुरूप एन्फा गैरजिम्मेवारी हुँदा आफ्ना सन्तानको ज्यान नै गएको विकलकी आमाले बताइन् ।
बाढी पहिरो आउने पूर्वसूचना हुँदा पनि एन्फा तीन दिनसम्म चुप लागेर बसेको र वत्सला देवि विद्यालयका शिक्षकले पनि आफ्ना सन्तानलाई ढोका थुनेर त्यहाँबाट गएको आरोप लगाइन् ।
ज्यान गुमाएका विकल रेग्मीकी आमाले आफूलाई क्षतिपूर्ति नभई न्याय चाहिएको बताइन् ।