ADD FOR WEBSIDE ADD FOR WEBSIDE

ललित स्मृति लिग फुटबलमा आज दुई खेल हुँदै

बुधबार, मंसिर ५, २०८१

काठमाडौँ :१८ बर्ष मुनिको ललित स्मृति लिग फुटबलमा आज दुई खेलहरु हुने भएका छन् ।

सातोवाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १२ बजे हुने खेलमा नेपाल पुुलिस र चर्च ब्वाईज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । आजै हुने दोस्रो खेलमा  न्यूरो टिम एनआरटी र सातदोवाटो युथ क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुँदैछ । मंगलवार भएको खेलमा थ्री स्टार क्लब र विभागिय टोली एपिएफ विजयी भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्र फुटबल क्लबलाई २–० ले हराउँदै थ्री स्टार पाँचौं स्थानमा उक्लिएको हो । थ्रीस्टारको जितमा दुवै गोल विजय उराँवले गरे । अनिश थिङले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि मछिन्द्र १० खेलाडीमा सिमित बनेको थियो ।

अर्को खेलमा नेपाल एपिएफ क्लबले संकटा क्लबविरुद्ध २–० को जित निकालेको छ । एपिएफको जितमा पवन पाख्रिन र सुदीप सुनारले गोल गरे ।जितसँगै १० खेलमा १६ अंक जोडेको एपिएफ छैटौं स्थानमा उक्लिएको छ ।

जारी लिगमा नेपाल पुलिस २३ अंक सहित शिर्ष स्थानमा छ । १९ अंकको एनआरटी दोस्रो तथा समान अंकको मनाङ मर्स्याङ्दी   तेस्रो तथा १८ अंकको मछिन्द्र चौथो स्थानमा छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्