सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : टि–२० अलराउन्डरतर्फको वरियतामा नेपालका दिपेन्द्र सिंह ऐरी दोस्रो स्थानमा यथावत रहेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा ऐरी यथावत रहेका हुन् । भारतका हार्दिक पाण्डे शीर्ष स्थानमा रहेका छन् ।
उनले दुई स्थान सुधार गर्दै अलराउन्डर तर्फको वरियताको शीर्ष स्थान कब्जा गरेका हुन् । वरियताको तेस्रो स्थानमा इङ्ल्यान्डका लियाम लिभिङस्टोन रहेका छन् । यसअघि उनी शीर्ष स्थानमा रहेका थिए ।
उनको वरियता दुई स्थान तल खस्किएको छ । अस्ट्रेलियाका मार्कस स्टोइनिस चौथो स्थानमा यथावत रहँदा श्रीलंकाका वानिन्दु हसरंगाले एक स्थान सुधार गर्दै शीर्ष पाँचमा अटाएका छन् ।