HAPPY NEW YERA HAPPY NEW YERA

टि–२० ब्याटिङ वरियता: रोहितले गरे एक स्थान सुधार

बुधबार, मंसिर ५, २०८१

काठमाडौँ: आइसिसी पुरुष टि–२० ब्याटिङ वरियतामा भारतका तिलक वर्माले छलाङ मारेका छन् ।

उनले ६९ स्थान सुधार गर्दै  वरियताको तेस्रो स्थानमा आइपुगेका छन् ।  वरियताको शीर्ष स्थानमा अस्ट्रेलियाका ट्राबिस हेड यथास्थानमा रहँदा इङ्ल्याण्डका पील साल्ट दोस्रो स्थानमा यथावत छन्।

यस्तै भारतका सूर्यकुमार यादवको वरियता एक स्थान तल खस्किदै चौथो स्थानमा आइपुग्दा पाकिस्तानका बाबर आजमको वरियता पनि एक स्थान तल खस्कदै पाँचौं स्थानमा  झरेका छन् ।

नेपालका दिपेन्द्र सिंह ऐरीको पनि वरियता खस्किएको छ । यसअघि ४७ औँ स्थानमा रहेका उनको वरियता एक स्थान तल खस्किएर ४८ औँ स्थानमा झरेका छन् । नेपालका कप्तान रोहित पौडेलको भने वरियतामा एक स्थान सुधार भएको छ । यस अघि  ६१औ स्थानमा रहेका उनी नयाँ बरियतामा ६० औँ स्थानमा छन् ।

 आसिफ शेखको पनि वरियता दुई स्थान तल खस्किएर ७० औं स्थानमा आइपुगेका छन् ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्